Khabar FM Smartgen

शान्ति–सुरक्षा सुदृढ गर्न ‘नेशनल भोलेन्टियर फोर्स’ गठन – झापा ५ मा ओलीको घोषणा

khabargen.com

१२ फागुन, झापा । नेकपा एमालेका अध्क्षय एबम पूर्व प्रधानमन्त्री  केपी शर्मा ओलीले ‘नेशनल युथ फोर्स’ शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले गठन गरिएको बताएका छन्।

झापा–५ मा आयोजित चुनावी सभा तथा ‘नेशनल भोलेन्टियर  फोर्स कोशी युनिफाइड कमाण्ड ’ गठन घोषणा सभामा बोल्दै उनले उक्त संगठन एमालेको जनवर्गीय संगठनका रूपमा स्थापना गरिएको स्पष्ट पारे। झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओलीले देशमा शान्ति र सुव्यवस्था कायम गर्न युवाशक्तिको परिचालन आवश्यक रहेको बताए।

 ओलीले ‘नेशनल युथ भोलेन्टियर  फोर्स’ को काम चुनावमा सीमित नरहने उल्लेख गर्दै भने, “यो संगठन चुनावका लागि मात्र होइन, पानी बाँड्ने कार्यका लागि मात्र पनि होइन। यसले टोल–टोलमा शान्ति–सुरक्षा कायम गर्न पार्टी कमिटीभित्र रहेर काम गर्नेछ।”उनले देशका सर्वोच्च संरचना जल्न नदिन  पनि संगठन सक्रिय रहने बताए।


चुनाव नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री ओलीको यो अभिव्यक्ति तथा ‘नेशनल युथ फोर्स’ गठनको कदमलाई विशेष महत्वका रूपमा हेरिएको छ। राजनीतिक वृत्तमा यसलाई आगामी निर्वाचनको रणनीतिक तयारीका रूपमा समेत विश्लेषण गरिएको छ। 

प्रतिक्रिया