Khabar FM Smartgen

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए हितेन्द्रदेव शाक्य : मनोज सिलवाल नियुक्त

khabargen.com

५ असोज , काठमाडौ। नेपाल  विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ हटाइएको  छ।  आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो। उनका ठाउँमा पूर्व कार्यकारी उपनिर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषदले  निर्णय गरेको छ । शाक्यलाई जल  तथा उर्जा आयोगमा सरुवा गरिएको छ ।

मनोज सिलवाल तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङका  पालामा  कार्यकारी  उपनिर्देशकको  रुपमा कार्यरत थिए।  उनी कुलमान घिसिङका बिस्वास पात्र  र एक असल सहयोगी पनि  मानिन्थे।


 तत्कालिन केपी ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाएर ओलीका प्रिय पात्र  हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। कुलमान घिसिङ उर्जा मन्त्रीमा नियुक्त हुने बितिकै शाक्यको सरुवा प्रकरणलाई धेरैले बदला भावले गरिएको भन्ने प्रतिक्रिया दिएका छन् भने केहिले  पालाको पैंचो  मात्र हो  भन्ने प्रतिक्रिया दिएका छन् । 


प्रतिक्रिया