Khabar FM Smartgen

असहज परिस्थितिमा निर्वाचन नै निकासको सहज बाटो : प्रचण्ड

khabargen.com

१४ फागुन ,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई वर्तमान असहज परिस्थितिबाट निकास दिन निर्वाचन नै एक मात्र माध्यम भएको बताएका छन्।पार्टीको निर्वाचन परिचालन समिति द्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनको उक्त कुरा बताएका हुन्। 

प्रचण्डले  अहिले हुन लागेको निर्वाचन नियमित र सहज अवस्थाको नभई विशेष राजनीतिक जटिलताबीच आएको उल्लेख गर्दै यसलाई सफल पार्न  आम जनतालाई एकजुट भएर लाग्न आग्रह गरे।


प्रचण्डले  भदौ २३ गतेको जेन जेड आन्दोलन पवित्र उद्देश्यसहित प्रशासनको स्वीकृति लिएर आयोजना गरिएको दाबी गर्दै सरकारले दमनको नीति अवलम्बन गरेको आरोप लगाए।भदौ २३ र २४ गते भएका घटनाको सबैभन्दा पहिले आफूहरूले नै भर्त्सना गरेको उल्लेख गर्दै मृतकलाई सहिद घोषणा गर्न र सरकारलाई राजीनामा दिन दबाब दिने कार्यमा नेकपाले  नै पहल कदमी लिएको उनले स्पष्ट पारे। 


उनले अगाडी भने " २३ गतेको दमनका कारण २४ गते घुसपैठ भई राष्ट्रिय संरचना जलाउने जस्ता गतिविधि भएको र त्यसबाट अर्को प्रकारको अतिवाद जन्मिएको हो। “यी दुवैखाले अतिवादी प्रवृत्तिको विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने शक्ति नेकपा नै हो,” 

प्रचण्डले वर्तमान निर्वाचनलाई तीन प्रवृत्तिबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गरे—जेन जेड युवा मार्ने अतिवादि शक्ति , राष्ट्रका संरचना जलाउने अतिबादी -प्रतिक्रियावाद र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै जनताको पक्षमा काम गर्ने शक्ति। यीमध्ये कुन प्रवृत्तिलाई साथ दिने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको उनको भनाइ छ।

प्रतिक्रिया