Khabar FM Smartgen

छोटो समयमै श्रम संस्कृति पार्टीलाई राष्ट्रिय दलको मान्यता

khabargen.com

२७ फागुन ,काठमाण्डौ।   हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट हर्क साम्पाङ्ग नेतृत्वको  श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा सहभागी भएको उक्त पार्टीले कुल सदर मतको आवश्यक  थ्रेसहोल्ड कटाएर  राष्ट्रिय दलको हैसियत हासिल गरेको हो।थ्रेसहोल्ड कटाउन  समानुपातिक तर्फ कुल सदर मतको  ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ। 

निर्वाचन आयोगका अनुसार श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ८०६ मत प्राप्त गरेको छ। निर्वाचनमा सहभागी हुन केही समयअघि मात्र दल दर्ता गरेर प्रतिस्पर्धामा उत्रिएको पार्टीले उल्लेखनीय मत हासिल गर्दै राष्ट्रिय मान्यता प्राप्त गरेको हो।


यससँगै संघीय संसदमा अब राष्ट्रिय स्वतन्त्र पार्टी , नेपाली कांग्रेस , नेपाल कम्युनिस्ट पार्टी (एमाले ) नेपाली कम्युनिस्ट पार्टी  र श्रम संस्कृति पार्टी र  राप्रपा गरी छ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले  प्रत्यक्ष र समानुपातिक गरी  दुई तिहाइ नजिक सिट प्राप्त गरी संसद्को पहिलो दल बनेको छ। 

प्रतिक्रिया