Khabar FM Smartgen

असंबैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ : महासचिब पोखरेल

khabargen.com

 ३ मङ्सिर , काठमाण्डौ  ।  नेकपा एमालेका महासचिब  शंकर पोखरेलले असंबैधानिक रुपमा विघटन  गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनु अपरिहार्य रहेको बताएका छन्।  विघटित प्रतिनिधि सभाका सदस्यहरुको पार्टी मुख्यालय च्यासलमा आज मंगलबार  आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा उक्त कूरा बताएका हुन्।  

बर्तमान सरकालाई नेपालको संविधानले नचिनेको र यसरि संविधानले नै नचिनेको सरकारका प्रधानमन्त्रिले  प्रतिनिधिसभाको विघटन  गर्नु असंबैधानिक कदम  भएको उनको भनाइ थियो।  

 

उनले भने  "  यो असंबैधानिक सरकारका प्रधान मन्त्रीले  विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना नगरी बर्तमान राजनीतिक समस्याको निकास हुन् सक्दैन। " यसै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिब पोखरेलले नेकपा एमाले छिट्टै प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने जानकारी दिए।  बर्तमान राजनीतिक अबस्थालाई सहि दिशामा लैजान प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने उनको ठहर थियो। 

प्रतिक्रिया