२६ असोज ,काठमाण्डौँ अन्तरिम सरकारकी प्रधानमन्त्री शुशिला कार्कीले यो सरकार एनजीओले संचालन गरेको होइन भन्ने स्पष्ट पारेकी छिन। यो सरकार नितान्त नेपालि जनताको आन्दोलनबाट स्थापित सरकार हो। सामाजिक सन्चाल र संचार माध्यममा देश एनजीओ ,आइएनजिओ र बिदेशी शक्तिहरुले बनाएको र चलाएको चर्चा चलिरहेको सन्दर्भमा यसको खण्डन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन।
भदै २३ र २४ गतेको जेन जी आन्दोलन पछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। कार्की नेतृत्वको सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने जिम्मेवारी तोकिएको छ। सरकार गठन भएको १ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाइसकेको छैन। अहिले सम्म १० ओटा मन्त्रालय प्रधानमन्त्री शुशिला कार्की आफैले सम्हालिरहेकी छिन। यसले गर्दा प्रधानमन्त्री कार्कीको कार्य क्षमतामा नै शंका पैदा भएको छ। तोकिएको समयसीमा भित्र प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न कति सफल होलिन ? यो उनको कार्यशैली र उनले बनाउने बिस्वासको बातावरणले निर्धारण गर्नेछ।