भदौं २१,काठमाण्डौं , बुद्ध डेन्टल हस्पिटलले आफ्नो नि:शुल्क दन्त शिविर अभियानलाई सहकारी तर्फ पनि अगाडी बढाएको छ। भदौं २० गते काठमाण्डौको सहयोगीनगर कोटेश्वर सामुदायिक भवन श्रीकृष्णकुञ्जमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न गऱ्यो । काठमाण्डौको चावहिल चोकमा अवस्थित बुद्ध डेन्टल हस्पिटल प्रा.लि.ले आफ्नो लगानी र प्राविधिक सहयोगमा सो शिविर सम्पन्न गरेको हो ।
शिविरमा सहकारी संस्थामा आवद्ध १२५ जना भन्दा बढी महिला, पुरुष,बालबालिका
र जेष्ठनागरिकहरु लाभान्वित भएका
थिए। सो अभियानको
मुख्य उद्देश्य समुदायमा निःशुल्क दन्त सेवा अपलब्ध गराउने रहेको अस्पतालका प्रशासकीय
प्रमुख राजेशराज गड्तौलाले जानकारी दिए। सो शिविर अभियानमा दक्ष दन्त चिकित्सक र स्वास्थ्यकर्मीहरुले
दाँतको परिक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
हस्पिटल भन्दाबाहिर डेन्टल चेकअप आउटरिच
प्रोग्राम अन्तर्गत नागरिकको स्वास्थ्य तथा सामाजिक सेवा दिने हेतुले यस हस्पिटलले
काठमाण्डौ लगायत देशका विभिन्न स्थानहरुमा आफ्नो लगानीमा दन्त सेवालाई अभियानकै रुपमा
निरन्तरता दिने र दाँत सम्बन्धी सम्पूर्ण सेवा
उपलब्ध हुने यस अस्पतालमा आउटरिच प्रोग्राममा सहभागीहरुले थप सेवा लिन यस अस्पतालमा
आएमा ४०% सम्म छुटको व्यवस्था गरिएको मेनेजिङ
डाइरेक्टर डा .कृष्ण गड्तौलाले बताए ।