Khabar FM Smartgen

प्रधानमन्त्री कार्कीले बनाइन् आफ्नै स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्ष

khabargen.com

२ चैत्र ,काठमाडौँ — भ्रष्टाचार नियन्त्रण पाँच दिनमै सम्भव हुने दाबी गर्दै चर्चामा आएकी प्रधानमन्त्री शुशिल कार्कीले आफ्नै स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनयन गरेपछि आलोचना सुरु भएको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो स्वकीय सचिव आदर्श  कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनयन गरेकी हुन्। उक्त निर्णय सार्वजनिक भएसँगै “आफ्नो हात जगन्नाथ” भन्ने उखान चरितार्थ भएको टिप्पणीहरू सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा सुनिन थालेका छन्।

पूर्व प्रधानन्यायाधीशसमेत रहिसकेकी कार्कीबाट निष्पक्षता र पारदर्शिताको अपेक्षा गरिएको अवस्थामा आफ्नै निकट व्यक्तिलाई जिम्मेवारी दिइएको भन्दै आलोचना भइरहेको छ। केही समयअघि जेञ्जी आन्दोलनको समर्थन र दबाबबीच प्रधानमन्त्री बनेकी कार्कीको यो निर्णयले उनको कार्यशैलीमाथि प्रश्न उठाएको टिप्पणीहरू भइरहेका छन्।


यद्यपि, राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०४९ अनुसार प्रधानमन्त्री कोषको संरक्षक रहने व्यवस्था छ र संरक्षकले अध्यक्ष मनोनयन गर्न सक्ने कानुनी प्रावधान रहेको छ।तर पनि नियुक्तिको नैतिक पक्ष र पारदर्शितामाथि बहस भने तीव्र हुँदै गएको छ।

प्रतिक्रिया