Khabar FM Smartgen

चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग गर्न नपाइने : निर्वाचन आयोग

khabargen.com

११ फागुन, काठमाडौं। निर्वाचन आयोग ले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसारका क्रममा चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग गर्न रोक लगाएको छ ।निर्वाचन चिन्हको भौतिक स्वरुप  प्रयोग गर्दा जनसमुदायको  शान्ति सुरक्षामा प्रतिकूल प्रभाव पर्ने साथै निर्वाचन आचार संहिता विपरीत हुने ठहर गर्दै उक्त  व्यवस्था गरेको हो।

आयोगले फागुन १० गते जारी गरेको सूचनामा निर्वाचन प्रचार सामग्री कपडा, टुल, फ्लेक्स वा कागजमा छापी वा मुद्रण गरी तोकिएको मापदण्डअनुसार मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन  सरोकारवाला सबैमा  स्मरण गराउदै  दल, उम्मेदवार तथा सम्बन्धित सबै पक्षलाई निर्धारित मापदण्ड कडाइका साथ पालना गर्न आयोगले आग्रह गरेको छ।

यदि कसैले उक्त व्यवस्थाविपरीत गतिविधि गरेमा त्यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत ठहरिने आयोगले स्पष्ट पारेको छ।

आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको प्रभावकारी कार्यान्वयन गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया