Khabar FM Smartgen

नेपाल आयुर्वेद औषधि व्यवसायीको विरोध कार्यक्रम तीव्र, दफा ११ संशोधन–खारेजीको माग

khabargen.com

१४ मङ्सिर ,काठमाण्डौ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघले आफ्ना मागहरू अघि सार्दै देशभर एकसाथ विरोध कार्यक्रम सञ्चालन गरेको छ। यही मंसिर ११ गते “हाम्रो जायज माग पूरा गर! औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ संशोधन गर, उपदफा ५ खारेज गर!” भन्ने नारासहित व्यवसायीहरूले औषधि व्यवस्था विभागको केन्द्रीय तथा प्रदेश कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन्।


संघका केन्द्रिय अध्यक्ष रामचन्द्र बुढाथोकीले औषधि ऐनको दफा ११ का उपदफा ३ र ५ व्यवसायीको हकहितविरुद्ध, अव्यवहारिक र दण्डात्मक’ रहेको हुँदा तत्काल संशोधन र खारेजी नै आन्दोलनको मुख्य माग रहेको स्पष्ट गरेका छन् ।

विरोधपछि स्वास्थ्य मन्त्रालयमा सचिव डा. विकास देवकोटाको नेतृत्वमा संघ प्रतिनिधिमण्डलसँग वार्ता भए पनि माग सम्बोधन हुने खालको ठोस सहमति नजुटेकाले संघर्षको कार्यक्रम पूर्वनिर्धारित योजनाअनुसार निरन्तर रहने संघले जनाएको छ।


आयुर्वेद औषधि  व्यवसायीहरूको भनाइअनुसार, हालको कानुनी प्रावधानले दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि नै १०० प्रतिशत जरिवाना र ३१ दिनपछि व्यवसाय स्वतः खारेज हुने व्यवस्था रहेको छ, जसले व्यवसायीहरूलाई पलायन हुन बाध्य बनाइएको हुँदा  तत्काल संशोधन र खारेजी हुनुपर्ने माग अगाडी सारिएको हो। 

प्रतिक्रिया