३० भदौ ,काठमाडौ । केपी ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकवाट अन्यायपूर्ण तरिकाले निकालिएका इन्जिनियर कुलमान घिसिङलेआफैले नेतृत्व गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय सहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाएका छन् ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेद भएपछि उनलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको थियो । ऊर्जा मन्त्रीको शपथ लिएर पदभार ग्रहण गरे लगत्तै उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका छन् ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले मुलुकबाट लोडसेडिङ हटाउने कामको नेतृत्व गरेका थिए । देशमा १८ घन्टासम्म रहेको लोडसेडिङ हटाउन लिएको पहलका कारण उनलाई सारा नेपालीले उज्यालो नेपालका नायकको रूपमा लिने गर्छन् ।
विगतमा उनलाई माओवादी निकट कर्मचारीका रूपमा चिनीए पनि उनी जेन-जी आन्दोलन चलेका बेला सडकमा आफ्ना समर्थकहरूसहित उपस्थित भएका थिए ।