१३ भदौ, काठमान्डौ । तेह्रथुममा जन्मिएका चन्द्र कुवेर खापुङले नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङ्लाई आइजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो। खापुङ नेपाल प्रहरीको एक निष्ठावान र निष्कलंक प्रहरी अधिकृत को रुपमा परिचित छन ।
हाल कार्यरत
आइजीपी दिपक थापाले यहि भदौ १८ गते राति देखि
अवकाश पाउदै छन्। त्यसपछिको नेपाल
प्रहरीको सर्बोच्च कमान्डरको जिम्मेवारी खापुङ्गको रहने छ । खापुङ हाल प्रहरीको केन्द्रीय
अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् ।
29 August 2025