Khabar FM Smartgen

राष्ट्रपतिले गरे प्रतिनिधि सभाको विघटन : आगामी फागुन २१ गतेलाई तोकियो नयाँ निर्वाचनको मिति

khabargen.com

२८ भदौ ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीको  सिफारिसमा प्रतिनिधि सभाको विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीले पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रतिनिधिसभाको  विघटन र नयाँ निर्वाचनको लागि राष्ट्रपति समक्ष सिफारिस पेश गरेकी थिइन्।

   राष्ट्रपति रामचन्द्र पौडेलले  नव नियुक्त  प्रधानमन्त्री  शुशिला कार्कीको सिफारिस बमोजिम २०८२ साल फागुन २१ गते विहीवारका दिन सम्पन्न हुनेगरी  नयाँ प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ।  राष्ट्रपति कार्यालयबाट प्रकाशित सुचनामा भनिएको छ। " सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले  सम्मानीय प्रधानमन्त्री श्री शुशिला कार्की ज्युको सिफारिस वमोजिम मिति २०८२ साल भदौ २७ गते राति ११ वजे देखि लागू हुनेगरी प्रतिनिधि सभाको विघटन गर्नुभएको छ। "

देशमा केही दिनयता उत्पन्न भएको असहज परिस्थितिका कारण केपी शर्मा ओलीले राजिनामा दिएपछि देश अनिर्णयको बन्दी भएको थियो। देशको विषम परिस्थितिलाइ सहि दिशामा ल्याई लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलको काँधमा आएको थियो। 


प्रतिक्रिया