१६माघ,काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजको वार्षिक उत्सव सहितको विदाई तथा स्वागत कार्यक्रम भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। कपन स्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रमआज सम्पन भएको थियो। सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षाको लागि एक स्थापित नाम हो।
कार्यक्रममा सेन्ट लरेन्स कलेजबाट अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई तथा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष केशवप्रसाद दंगालले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका सहायक डिन प्रा. डा. महेन्द्र महर्जन रहनुभएको थियो। त्यस्तै, सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन एवं प्राचार्य तारा प्रसाद सुबेदी लगायत शैक्षिक व्यक्तित्वहरूको उपस्थिति थियो। बिद्यार्थी र अभिभावकको उत्साहपूर्ण उपस्थितिले कार्यक्रमको गरिमालाई अझ बढाएको थियो।
कार्यक्रममा प्राचार्य तारा प्रसाद सुबेदीले स्वागत मन्तव्य राख्नु भएको थियो। प्रमुख अतिथि महर्जनले शिक्षामा गरिने लगानी दीर्घकालीन रूपमा व्यक्ति, समाज र राष्ट्रका लागि फलदायी हुने धारणा व्यक्त गर्नुभयो।
उक्त अवसरमा नेपाल आइडल सिजन–६ की बिजेता गायिका गंगा सोनामलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै अतिरिक्त क्रियाकलाप ,सह–पाठ्यक्रममा उत्कृष्टता उपलब्धी हासिल गरेका बिद्यार्थीहरु तथा कलेजको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएका शिक्षक तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष दंगालले सम्पूर्ण अतिथि, सहभागी तथा सम्मानित व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई सफल र उज्ज्वल भविष्यको शुभकामना दिनुभयो। साथै नवप्रवेशी विद्यार्थीहरूलाई शैक्षिक वातावरण, अनुशासन र गुणस्तरीय शिक्षाप्रति कलेज प्रतिबद्ध रहेको बताउनु भयो।