१० चैत्र ,काठमाडौं । नेपाली कांग्रेस को १५औँ महाधिवेशन २०८३ साल भदौ २४, २५ र २६ गते गर्ने प्रस्ताव अघि सारिएको छ। गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा आफु र पार्टीको पराजयपछि पार्टी सभापति गगन थापाले राजिनामा दिएका थिए। सभापति थापाले दिएको राजीनामा अस्वीकृत भएपछि पार्टीलाई अग्रगामी निकास दिन महाधिवेशन गर्ने प्रस्ताव अघि बढाइएको हो।
पार्टीभित्र उत्पन्न राजनीतिक तथा सांगठनिक अन्योललाई समाधान गर्न महाधिवेशनमार्फत नयाँ रणनीति तय गर्ने उद्देश्य राखिएको जनाइएको छ। १५औँ महाधिवेशन भदौ २४–२६ मा गर्ने प्रस्तावमा महाधिवेशन सम्बन्धि तालिका समेत तयार गरिएको बताइएको छ।
महाधिवेशनले पार्टीको भावी नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। यससँगै महाधिवेशन लक्षित तयारीलाई तीव्र बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ।