२७ भदौ, काठमाडौं । लामो समयको राजनीतिक अन्योलता र नेतृत्व विहिनता पछि अन्तत : पुर्व प्रधान न्यायाधीश शुशिला कार्कीले अन्तरीम सरकारको प्रधान मन्त्रीको पद तथा गोपनियताको शपथ लिएकी छिन।
रास्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा आयोजित एक भव्य समारोहका विच उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनको शपथ ग्रहण संगै आन्दोलनरत पक्ष जेनजीले उठाएका माग पुरा हुने आम जनताको अपेक्षा छ।
उनले शपथ ग्रहण पछि आजै सिहदरवारमा आयोजित समारोहका विच पदभार ग्रहण र कर्मचारीहरुलाई निर्देशन दिने कार्यक्रम छ। नव नियुक्त प्रधान मन्त्रीलाई आगामी ६ महिना भित्रमा नयाँ जनादेशका लागि प्रतिनिधि सभाको निवाचन गर्ने दायित्व सुम्पिएको छ।
नव नियुक्त प्रधानमन्त्री शुशिला कार्की एक हक्की न्यायामुर्तीको रुपमा परिचित छिन। उनले नेपालको इतिहासमा पहिलो महिला प्रधान न्यायाधीश र पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेकी छिन।