Khabar FM Smartgen

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरे मतदाता नामावली सम्वन्धी अध्यादेश

khabargen.com

९ असोज काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाइ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । उक्त अध्यादेश मिति २०८२ असोज ८ गते बुधबार जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइराला द्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ," सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१)  वमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा  मतदाता नामावली ऐन २०७३ लाइ संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु भएको छ। " 

 भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले  केपी शर्मा ओली  नेतृत्वको सरकार विघटन भइ सुशिला कार्की नेतृत्वको अन्तरीम सरकार गठन भयो।  यो सरकारले प्रतिनिधि सभाको बिघटन गरि आगामी फागुन २१ गते नयाँ प्रतिनिधि सभाको निर्वाचनको लागि रास्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्यो। नेपाल  सरकार मन्त्रिपरिषदको  सिफारिस बमोजिम रास्ट्रपतिले  त्यसलाई अनुमोदन गरि  प्रतिनिधि सभाको विघटन र निर्वाचनको मिति समेत घोषणा भयो। 

   तर निर्वाचनको मिति घोषणा हुनु भन्दा अगावै  सो निवाचनको लागि मतदाता नामावली संकलन  गरिसक्नु पर्ने मतदाता नामावली ऐन २०७३  मा व्यवस्था भए को  हुँदा  निर्वाचन आयोगलाई  निर्वाचन प्रक्रिया अगाडि बढाउँन  असहज भएको थियो।   त्यसलाई  अध्यादेश माफत संशोधन  गरि  मतदाता नामावली   संकलन गर्न  गर्ने बाटो खुलाइएको हो । 


प्रतिक्रिया