Khabar FM Smartgen

इम्बोस्ड नम्बर अंग्रेजी भाषामा जडान गर्ने सरकारको निर्णय संबिधान विपरीत : भाषा आयोग

khabargen.com

१८  भदौ , काठमान्डौ। सबै सवारी साधनमा आगामी असोज १ गते देखि अनिवार्यरुपमा अंग्रेजी भाषामा इम्बोस्ड  नम्बर प्लेट जडान गर्नु पर्ने सरकारको निर्णय नेपालको संबिधान विपरीत भएको भाषा आयोगको ठहर छ।  आयोगले  हिजो भदौ १७ गते एक बिज्ञप्ती  जारी गरी   उक्त कुरा बताएको हो। 


 भाषा आयोगका अधक्ष डा  गोपाल ठाकुरद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको  छ ," नेपालको संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपिमा  लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनी प्रस्ट  उल्लेख भएकोले  सरकारको उक्त निर्णय  संबिधान बिपरित हो । " सबिधानाले नै नचिनेको भाषा सवारी साधनमा प्रयोग गर्ने  निर्यय सच्याउन बिज्ञप्तीमा  सरकारको  ध्यानाकर्षण  गराइएको छ।  


प्रतिक्रिया