Khabar FM Smartgen

नेपाल - कोरिया विश्वविद्यालयहरुबीच विशेष शिक्षा सम्वन्धी कार्यशाला सम्पन्न

khabargen.com

२०  भदौ , काठमाण्डौ ।  मित्रराष्ट्र कोरियाको Changwon National University को Leading university project for international cooperation (LUPIC) र नेपालका साझेदार विश्वविद्यालयहरुबीच आज काठमाण्डौको किर्तिपुरमा अबस्थित हिल साइट होटलमा एक अन्तरास्ट्रिय कार्यशाला गोष्ठी  सम्पन्न भयो।

Expanding opportunities for graduate of special education program  नाम दिइएको ब्यानरमा आयोजित कार्यशालामा नेपाल राष्ट्रिय आयोग युनेस्को ( Nepal commission for UNESCO , ministry of education science and technology ) कि सचिवालय सचिव  डा दिव्या दवाडी, LUPIC का डाइरेक्टर Jung Daeyoung , पुर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजु कुमार थपलिया ,मध्यपश्चिमाञ्चल   विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुब कुमार गौतम ,सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा हेम राज पन्त, त्रि वि शिक्षा संकायका डिन डा  बेदराज आचार्य , हिसान /प्याब्सनका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो      

लुपिकका निर्देशक Jung Daeyoung ले उपस्थित  प्रतिनिधिहरुलाई  स्वागत गर्दै उद्घाटन मन्तव्य राखेका थिए। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालय अन्तर्गतको  नेपाल नेशनल कमिसन फर युनेस्कोकी सचिवालय सचिब डा दिव्या दवाडीले नेपालमा समाबेशी शिक्षा नीति र अभ्यास सम्बन्धमा प्रकास पार्नु भएको थियो।

कार्यशालाको उदेश्य नेपालका ४ विश्वविद्यालयहरुद्वारा  प्रशिक्षित  विशेष शिक्षा विशेषज्ञहरु ( स्नातक ,स्नातकोतर  र  विद्यावारिधीहरु ) को दीगो विकास सुनिश्चित गर्न कानुनी र सस्थागत रुपरेखा स्थापना गर्नु रहेको थियो। बिशेष शिक्षा कार्यक्रमका सहभागी  साझेदार विश्वविद्यालयका उपकुलपतिहरूले लुपिकले पुर्याएको योगदान र कार्यक्रमबाट प्राप्तगरेको उपलब्धि   नेपालले लिने सस्थागत बिकासको सुनिश्चितता सम्बन्धमा चर्चा गरेका थिए ।

लुपिकका निर्देशक Jung Daeyoung कोरियाको छैटौ पन्चवर्षीय विशेष शिक्षा विकास योजना को वारेमा चर्चा गर्दै  नेपालले विशेष शिक्षा नीतिनिर्माण  प्रक्रियामामा नोकरशाही मानाशिकतालाई हटाइ  सरोकारवालाहरुको बृहत र अर्थपूर्ण  सहभागितामा  जोड दिए।  यसकोलागि बृहत सामाजिक र सास्कृतिक रुपान्तरण हुन् आवास्यक रहेको  विचार व्यक्त गरे।

 कार्यक्रममा सहभागी  Pohang Myeonggo स्कुलका प्राचार्य Jeon Yongseok ले कोरियामा भएका बिशेष विद्यालयहरुको अनुभव र शिक्षक नियुक्ति प्रणाली वारेमा चर्चा गर्दै नेपालले पनि अनुभव हासिल गर्नुपर्ने र यसको लागि नेपालका  निजि  विद्यालयहरुको सक्रिय भूमिका रहने कुरामा विस्वास व्यक्त गरे।  कार्यशालाको संचालन लुपिकका प्रोजेक्ट मेनेजर Kim Eunyoung  गरेकी थिइन

 

 पुर्वाञ्चल विश्वविद्यालय र हिसान/ प्याप्सनले गरे पाँच बुँदे सहमतिमा हस्ताक्षर


पुर्वाञ्चल विश्वविद्यालय र प्याब्सन /हिसान विच विश्वविद्यालयले लुपिक अन्तर्गत चार बर्षे विएड शैक्षिक कार्यक्रममा Special need education  ( SNE )विषय लिइ अध्ययन गरेका विध्यार्थीहरुको समग्र शैक्षिक गतिविधिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतामा हिसान र प्यप्सनले लुपिक अन्तर्गत  ४ बर्षे स्नातक तहमा ब्याचलर अफ एजुकेशन फर स्पेशल नीड एजुकेशन (Bachelor of education for special need education ) मुख्य विषय लिइ अध्ययन गरेका / सकेका विध्यार्थिलाई शिक्षण  अभ्यास ( Teaching practice) का लागि हिसान र प्याब्सनले स्थान उपलब्ध गराउने , सो बिषय लिइ अध्ययन गर्न चाहने विश्वविद्यालयको विद्यार्थी भर्ना अभियानलाइ सहयोग गर्ने ,हिसान /प्याब्सनले संचालन गरेका शैक्षिक कार्यक्रममा कार्यरत मानव स्रोतलाइ  विएड स्पेशल नीड एजुकेशन( BED special need education ) अध्ययन गर्न अभिप्रेरित गर्ने, उतिर्ण  जनशक्ति खपत गरि प्रत्यक्ष रोजगारी दिने र हिसान /प्याब्सनले संचालन गरेका शैक्षिक कार्यक्रममा  कार्यरत मानव स्रोतका लागि छोटो समयका तालिममा विश्वविद्यालयका जनशक्ति प्रयोग गर्ने लगायतका सहमति भए।  

प्रतिक्रिया